Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा समितिद्वारा ४ जीवन बीमा कम्पनीको आईपीओ जारी प्रक्रिया रद्द

२०७९ भाद्र १६ गते

बैंकिङ खबर/ बीमा समितिले चार जीवन बीमा कम्पनीको आईपीओ जारी गर्ने प्रक्रिया रद्द गरेको छ। समितिले सन नेपाल लाइफ, आईएमई लाइफ, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ जारी गर्ने प्रक्रिया रद्द गरेको हो।

स्वीकृति मागेको लामो समयसम्म पनि यी कम्पनीहरुले आईपीओ जारी गर्न नसकेपछि निष्कासन प्रक्रिया रद्द गर्नुपरेको समितिले जनाएको छ । बीमा समितिकै आग्रहमा नेपाल धितोपत्र बोर्ड सेबोनले पनि यी कम्पनीहरुको आईपीओ निष्कासन प्रक्रिया अस्वीकृत गरेको हो।

यी कम्पनीमध्ये सन नेपाल, रिलायबल र सिटिजन लाइफले अंकित मूल्यमा प्रिमियम थपेर र आईएमई लाइफले प्रतिकित्ता १०० रुपैयाँमै आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएका थिए।