
बैंकिङ खबर/ बनेपा–८ पुलबजारमा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट रुपन्देहीको लुम्बिनी सांस्कृतिक वडा नं. ६ मा केन्द्रीय कार्यालय रहेको बुद्द ज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरि एकीकृत कारोबार शुरु गरेको छ ।
यस अघि २०७९ भाद्र १२ गते नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र एवं स्वीकृति प्राप्त गरेकोमा सो को कार्यान्वयन स्वरूप एकीकृत बनेपास्थित मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालयमा रहेको सभा कक्षमा एकीकृत कारोबार शुभारम्भ समारोह सम्पन्न गरेको हो ।
बिहान १०ः४५ बजे मिर्मिरे लघुवित्तकासंचालक समिति अध्यक्ष टेक बहादुर बोहराको सभाध्यक्षतामा भएको उक्त समारोहमा वित्तीय संस्थाका संचालक, एवम् पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
शुभारम्भ समारोह सभाध्यक्ष बोहराले पानसमा दिप प्रज्वलन गरि समुद्घाटन गर्नुभएको थियो भने मिर्मिरेका संचालक एवं मर्जर÷एक्विजिसन समिति संयोजक सन्तोष फुयालले स्वागत मन्तब्य राख्नुभएको थियो ।
मन्तव्यको क्रममा फुयालले मिर्मिरेलाई अर्को एउटा थप सफलता मिलेको चर्चा गर्दै नेपालको लघुवित्त क्षेत्रमा मिर्मिरेको राम्रो छाप रहेको भनि खुशी ब्यक्त गरेका थिए,साबिक बुद्धज्योती लघुवित्त संस्थाको तर्फबाट संचालक शान्ता के.सी. कार्कीले शुभकामना मन्तब्य, मिर्मिरेको तर्फबाट संचालक प्रबिण भट्टराईले धन्यवाद ज्ञापन मन्तब्य र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले संस्थाको नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रलाई प्रदान गरेको कार्यदिशा र मिर्मिरेको भावी योजना सम्बन्धमा जानकारी मुलक मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा संचालक संजय श्रेष्ठ रसंजु घिमिरेको पनि उपस्थिति रहेको थियो ।




