Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विदेशी लगानीका ६ बैंक : नबिलको अग्रता कायमै

२०७९ भाद्र १५ गते

बैंकिङ खबर/ नेपालका करिब आधा दर्जन वाणिज्य बैंकमा विदेशी लगानी रहेको छ । विदेशी लगानीको स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद नाफा गत वर्ष खुद ६२ प्रतिशतले बढेर दुई अर्ब २६ करोड ९८ लाख पुगेको छ ।

नबिल बैंकले गत वर्ष चार अर्ब ९७ करोड नाफा कमाएको छ । नबिलले हालै गाभेको एनबी बैंकले पनि गत वर्ष एक अर्ब दुई करोड रुपैयाँ नाफा गरेको छ । लगानीकर्तालाई आकर्षक लाभांश दिनेमा पनि सबैभन्दा अगाडि नबिल बैंक नै रहेको छ ।

नेपाल एसबिआई बैंकको नाफा ७० प्रतिशतले बढेर एक अर्ब ६३ करोड ८२ लाख पुगेको छ । यस्तै, पन्जाब नेसनल बैंकको लगानी रहेको एभरेष्ट बैंकको नाफा करिब ४४ प्रतिशतले बढेर दुई अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

Ad