Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकिङ प्रणालीमा तरलता सुधारोन्मुख

२०७९ भाद्र १२ गते

बैंकिङ खबर/ विगत लामो समयदेखि देखिएको तरलता अभाव केहि सुधार हुँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शनिबारसम्म बैंकिङ प्रणालीमा ३६ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलतामा सुधार आएको राष्ट्र बैंकले जनाएको छ । भदौ ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ। भदौ ८ गतेसम्म कुल निक्षेप ५० खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो। यो अवधिमा निक्षेप २ अर्ब रुपैयाँले बढेको छ।

भदौ ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४७ खर्ब ५ अर्ब पुगेको छ। गत भदौ ८ गतेसम्म कुल कर्जा लगानी ४७ खर्ब ४ अर्ब रुपैयाँ रहेको थियो। यो अवधिमा कर्जा लगानी १ अर्ब रुपैयाँले बढेको छ।