Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनआईसी एशिया बैंकको ग्राहकमैत्री नीतिः घरबाटै सेवा

२०७९ भाद्र १२ गते

बैंकिङ खबर/ नेपालको अग्रणी बैंकहरुमध्येको बैंक एनआईसी एशिया बैंकले नेपालमै पहिलो पटक स्थानीय तह लक्षित ‘सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ ।

“यो यस्तो बचत तथा मुद्दती खाता हो, जुन स्थानीय तहका बासिन्दाको विशिष्टिकृत बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने गरी अगाडि सारिएको हो,” एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले भन्नुभयो , “उदाहरणका लागि यदि तपाईं काठमाडौं महानगरपालिका वा मध्यपुर थिमि नगरपालिकाका बासिन्दा हुनुहुन्छ भने तपाईंको पालिका कै नाममा समर्पित खाता योजना सञ्चालन हुनेछ ।”

नेपालको बैंकिङ्ग क्षेत्रले सञ्चालन गरेको यो पहिलो स्थानीय तह लक्षित विशिष्टीकृत खाता योजना हो ।  एन आई सी एशिया बैंकले नै सञ्चालनमा ल्याएको अन्य प्रकारका बचत खाता भन्दा स्थानीय तह लक्षित खातामा १० गुना बढी फाइदा रहेको र बचत खातामै रू. ८४ लाखसम्मको बीमा योजना समेटिएकाले यस प्रकारको बचत खाता नेपाली बैंकिङ्ग क्षेत्रकै पहिलो नविन बचत खाता हो ।

यो खाता योजना अन्तर्गत २४ विशेष फाइदा समेटिएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार बचत खाता योजनामार्फत उपलब्ध हुने सर्वाधिक उच्च ब्याजदरबाहेक ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदा, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी कुल २४ सर्वश्रेष्ठ फाइदा एवं विशेषता समेटिएका छन् ।

बैंकले स्थानीय तह लक्षित सर्वश्रेष्ठ (स्थानीय) बचत खाताको गुडविल एम्बेसडर श्रेणीमा न्यूनतम मौज्दात रु. १० हजार, प्राइडमा न्यूनतम मौज्दात रु. ५ हजार र पार्टनरमा न्यूनतम मौज्दात रु. २ हजार ५ सय रुपैयाँ मात्र राखे पुग्नेछ ।

न्यूनतम मौज्दात बैंकले सञ्चालन गरिरहेको सर्वश्रेष्ठ सिरिजका अन्य खाताका तुलनामा धेरै कम हो । बैंकले स्थानीय तहका बासिन्दा लक्षित यो विशिष्टीकृत खातामा ८.०३ प्रतिशत ब्याजदर प्रदान गरिने जानकारी दिएको छ ।

यसैगरी सर्वश्रेष्ठ (स्थानीय) मुद्दती खाता अन्तर्गत एम्बेसडर खातामा न्यूनतम मौज्दात रु. १० लाख, प्राइडमा न्यूनतम मौज्दात रु. ५ लाख र पार्टनरमा न्यूनतम मौज्दात रु. २ लाख ५० हजार मात्र राखे पुग्ने बैंकले बताएको छ । जसमा ११.०३ प्रतिशत ब्याजदर रहेको छ ।

“अन्य बैंकसँगको तुलनामा मात्रै होइन, यो त एन आई सी एशिया बैंककै अरु खाताभन्दा पनि लाभकारी योजना भएको खाता छ,” न्यौपानेले भन्नुभयो ।

बैंकले ‘सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता’ अन्तर्गत एम्बेसडर खातामा ४०–४० लाख रुपैयाँको दुर्घटना बीमा, घातक रोग बीमा, रू ४ लाखसम्मको औषधि उपचार बीमा उपलब्ध गराइने जानकारी दिएको छ । यो बीमा सुविधा खातावाला र खातावालाले तोकेको अतिरिक्त ३ जनाले पाउने छन् ।

यसैगरी प्राइडमा २०–२० लाख रुपैयाँको दुर्घटना बीमा एवं घातक रोग बीमा, रू २ लाखसम्मको औषधि उपचार बीमा उपलब्ध गराइने छ । यो बीमा सुविधा खातावाला र खातावालाले तोकेको अतिरिक्त १ जनाले पाउने छन् ।

यस्तै पार्टनरमा १०–१० लाख रुपैयाँको दुर्घटना बीमा एवं घातक रोग बीमा, रू १ लाखसम्मको औषधि उपचार बीमा उपलब्ध गराइने बैंकले बताएको छ । यी तीनै प्रकारका खातामा पाँच वर्षका लागि बीमा सुविधा उपलब्ध हुनेछन् ।

‘सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता’ का ग्राहकहरूले ५ वर्षको लागि निःशुल्क डिम्याट खाता, सोही अवधि कै लागि मेरो शेयरमा लाग्ने निःशुल्क हुने, पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस शुल्कमा ५ वर्षसम्म ५० प्रतिशत छुट उपलब्ध हुनेछ ।

बैंकले यो खाता योजनाअन्तर्गत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, चेक क्लियरिङ, क्रेडिट कार्ड,प्रिपेड डलर कार्ड, डिम्याट खाता एवं मेरो शेयर शुल्कसहितका बैंकिङ्ग प्रणालीमा उपयोग हुने नियमित डिजिटल र अन्य कारोबार (ट्रान्जेक्सन बैंकिङ्ग) मा पाँच वर्षका लागि १३ सेवामा निःशुल्क र अन्य छुटसहितको १८ फाइदा प्रदान गरिने जानकारी दिएको छ ।

“यस प्रकारको खाता खोल्दा बैंकमा कुनै पनि प्रकारको शुल्क नलाग्ने फाइदाको अलावा पूरा ५ वर्ष सेवा तथा सुविधामा निःशुल्क भएकाले स्थानीय जनतालाई पहुँचयुक्त बैंकिङ्ग सेवाको विस्तारले अझ बढी समाज र राष्ट्र माथि हाम्रो सामाजिक उत्तरदायित्व बहन गरेको अनुभूति भएको छ,” बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भन्नुभयो  ।

ग्राहकमैत्री नीतिः घरबाटै सेवा

बैंकले ग्राहकको हरेक प्रकारको बैंकिङ्ग समस्याहरूलाई हालको उच्च प्रविधिहरूको प्रयोग गर्दै ग्राहकहरूका तमाम समस्याहरूको हल आफ्नै घरमै बसी समाधान गर्ने खालको प्रविधिको विकास गरिएको समेत जानकारी दिएको छ ।  

एन आई सी एशिया बैंकले ग्राहकलाई सदैव छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले नेपालको बैंकिङ्ग क्षेत्रमा नै पहिलोपटक ‘ग्यारेन्टिड एक्सपेरियन्स फ्रेमवर्क’ नीति तयार गरी लागू गरेको छ । जसअन्तर्गत बैंकले प्रत्येक बैंकिङ्ग सेवा प्रदान गर्ने निश्चित समय सीमा निर्धारण गरी तोकिएको समयभित्रै ग्राहकले अनुरोध गरेको सेवा प्रदान गरिनेछ ।

“हामी जिम्मेवार र उत्तरदायी बैंकिङ्ग प्रवर्द्धनका पक्षमा छौं, यसका लागि बैंक ग्राहकमैत्री हुनुपर्छ । हामीले हाम्रो सेवालाई ग्राहकमैत्री बनाउनका लागि यो नीति अघि सारेका हौं,” प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा करिब रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।