
बैंकिङ खबर/ विदेशबाट सबैभन्दा बढी ऋण भित्र्याउनेमा मेगा र एनएमबि बैंक रहेका छन् । राष्ट्र बैंकअनुसार मेगा बैंकले १३ अर्ब ११ करोड रुपैयाँबराबरको विदेशी ऋण ल्याएको छ भने एनएमबि बैंकले ११ अर्ब ७२ करोड रुपैयाँबराबरको ऋण ल्याएको छ । एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बाट हालसम्म तीनपटक कर्जा भित्र्याएको छ ।
लक्ष्मी बैंकले ६ अर्ब ७५ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले पाँच अर्ब ७३ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्ब ३६ करोड, एसबिआई बैंकले तीन अर्ब ८२ करोड, सानिमाले तीन अर्ब ८२ करोड, सन्राइजले तीन अर्ब ६४ करोड, बैंक अफ काठमाण्डूले तीन अर्ब १७ करोड ऋण भित्र्याएका छन् ।
त्यस्तै नबिल, एभरेष्ट र सिद्धार्थ बैंक प्रत्येकले दुई अर्ब ५४ करोड ९० लाख रुपैयाँका दरले ऋण भित्र्याएका छन् । प्रभु बैंकले दुई अर्ब २३ करोड रुपैयाँ विदेशी ऋण भित्र्याएको छ । कुमारी बैंकले एक अर्ब ४० करोड रुपैयाँ र माछापुच्छ्रे बैंकले एक अर्ब २७ करोड रुपैयाँ ऋण भित्र्याएका छन् । त्यस्तै, प्राइम कमर्सियल बैंकले ९८ करोड १३ लाख रुपैयाँ र एनआइसी एसिया बैंकले ८९ करोड २३ लाख रुपैयाँ ऋण भित्र्याएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।