Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विदेशी कम्पनीहरुले दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन पाउने

२०७९ श्रावण ३१ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले विदेशी परामर्श सेवा कम्पनीलाई दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्सका रुपमा ल्याउन पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र, २०७८ मा संशोधन तथा थप व्यवस्था गर्दै १० लाख रुपैयाँसम्मको सीमालाई बढाएर १५ लाख रुपैयाँ बनाएको हो ।

विदेशी परामर्श सेवा कम्पनीको नेपालस्थित सहायक कम्पनी र यस्तो काम गर्ने नेपाली कम्पनीले विदेशबाट प्राप्त गर्ने कमिसन, शुल्क र पारिश्रमिकको रकम रेमिट्यान्सका रुपमा १५ लाख रुपैयाँसम्म ल्याउन पाइने व्यवस्था गरेको हो । यस भन्दा पहिला १० लाख मात्रै ल्याउन पाइन्थ्यो ।

यस्तो रेमिट्यान्स भित्र्याउने बैंहरुले कारोबारको विवरण मासिक रुपमा महिना सकिएको ७ दिनभित्र राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागमा पठाउनु पर्नेछ । साथै, बैंक तथा वित्तीय संस्था वा विप्रेषण कम्पनीहरूलाई भुक्तानी प्रणाली सञ्चालकसँग सहकार्य गर्दै कार्ड जारी गर्न समेन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकको स्वीकृतिमा एक वर्ष वा सोभन्दा बढी अवधिको विदेशी ऋण भित्र्याएका बाणिज्य बैंकहरुलाई विदेशी विनिमय जोखिम हेजिङ गर्ने प्रयोजनको लागि उक्त ऋणको वक्यौता साँवा तथा व्याजदर बराबर हुने रकम सम्मको र ऋणको अवधिसम्मको डेरिभेटिभ्सको खरिद कारोबार गर्न भने सीमा लागु नहुने राष्ट्र बैंकले जनाएको छ ।

Ad