Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

मेट लाइफको खुद बीमा शुल्क करिव ५ अर्ब

२०७९ श्रावण ३१ गते

बैंकिङ खबर/ मेट लाइफले गत आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन ३ दशमलव ५० प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष ७७/७८ मा कम्पनीले ४ अर्ब ८१ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा २९ दशमलव ४५ प्रतिशतले कम हुँदै २४ करोड ७६ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३५ करोड १० लाख थियो ।

कम्पनीको जगेडामा २ अर्ब ६२ करोड रुपैयाँ संचित छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा ९ दशमलव २७ प्रतिशत वृद्धि हुँदै २० अर्ब ४४ करोड पुगेको छ।

प्रकाशित तथ्यांक अनुसार गत आर्थिक वर्षमा ३ अर्ब ९५ करोड खुद दावी भुक्तानी गरेको कम्पनीले ७१ करोड माथि भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।