Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

साधना लघुवित्तमा ८ प्रतिशत ब्याजदरमै युवा स्वरोजगार कर्जा

२०७९ श्रावण ३१ गते

बैंकिङ खबर/ साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले साना तथा युवा स्वरोजगार कोषबाट प्राप्त हुने रकम नियम अनुसार लगानी गर्न युवा स्वरोजगार कर्जा योजना ल्याएको छ । रु.३० हजार देखि रु.२ लाख सम्म पाउने बिना धितो कर्जा संस्थाको विभिन्न शाखा कार्यालयहरुबाट सहुलियत रुपमा लिन सक्ने व्यवस्था रहेको संस्थाले जनाएको छ ।

सेवा शुल्क लगायत कुनै पनि शुल्क नलाग्ने यस कर्जा मात्र ८ प्रतिशत घट्दो ब्याजदर रहेको युवा स्वरोजगार कर्जा बढीमा २ वर्षको कर्जा भुक्तानी अवधि रहेको र नियमित कर्जा भुक्तानी पश्चात् भुक्तानी भएको ब्याजदरको ६० प्रतिशत रकम पुनः फिर्ता हुने यस योजनामा रहेका छ । यस कर्जा पाउनको लागी मासिक न्युनतम रु.५०० बचत गर्नुपर्ने प्रावधान समेत रहेको संस्थाले उल्लेख गरेको छ ।

यस कर्जा हाल व्यवशाय गरी रहेको र व्यवशाय गर्ने योजनामा रहेको व्यक्तिहरुले पाउन सक्ने व्यवस्था रहेको तथा सो कर्जा उपभोग गर्न कुनै पनि वित्तीय संस्थामा आबद्ध नभएको हुनुपर्ने सर्त रहेको छ । लघुवित्त संस्थाहरुले सधै चर्को व्याजदरमा कर्जा लगानी गर्दछ भन्ने विभिन्न निकायहरुलार्ई साधना लघुवित्तले समय समयमा नियमित कर्जा भुक्तानी गर्ने सदस्यहरुलाई ब्याजदर विशेष छुट गदै आएको संस्थाको अनुगमन तथा सुपरिवेक्षण विभागका अनुगमन अधिकृत सुसन श्रेष्ठले जानकारी गराउनुभयो ।

केन्द्रिय कार्यालय हरमटारी गोरखामा रहेको साधना लघुवित्त वित्तीय संस्था लि. ले हाल ३१ वटा जिल्लामा ९३ वटा शाखा कार्यालय मार्फत् १ लाख भन्दा बढि सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्द आईरहेको छ भने करिब ६० हजार सदस्यहरुलाई धितो तथा बिना धितो लघुउद्यम कर्जा लगायत विभिन्न शीर्षकहरुमा ५ अर्ब ५० करोड कर्जा उपलब्ध गराई सदस्यहरुको रु१ अर्व ४० करोड बचत गर्न सफल भएको संस्थाले जनाएको छ ।