Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेशनल लाइफ : जीवन बीमा कोष ५० अर्ब माथि

२०७९ श्रावण ३१ गते

बैंकिङ खबर/ नेशनल लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन १७ दशमलव ८८ प्रतिशतले वृद्धि भइ १४ अर्ब २८ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८) मा कम्पनीले १२ अर्ब ११ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा १ दशमलव ९१ प्रतिशतले वृद्धि हुँदै ४० करोड ८८ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ४० करोड १२ लाख थियो ।

४ अर्ब ३ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ६६ करोड ७१ लाख रुपैयाँ संचित छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा २० दशमलव ५८ प्रतिशत वृद्धि हुँदै ५१ अर्ब १५ करोड पुगेको छ।

तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १० रुपैयाँ १३ पैसा र किताबी मूल्य १२५ रुपैयाँ १९ पैसा छ । गत आर्थिक वर्षमा ५ अर्ब ७९ करोड खुद दावी भुक्तानी गरेको कम्पनीले ९६ करोड १७ लाख भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।