Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बीमा विधेयक संसदबाट पारित, चुक्ता पुँजी पुर्‍याउन नसक्ने कम्पनीको लाइसेन्स जफत

२०७९ श्रावण २९ गते

बैंकिङ खबर/ संसद्मा चार वर्षअघि दर्ता गरिएको बीमासम्बन्धी विधेयक आइतबार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । अर्थ समिति, राष्ट्रियसभा र प्रतिनिधिसभामा छलफलपछि विधेयक पारित भएको हो ।

उक्त विधेयक अब सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइनेछ । राष्ट्रपतिले विधेयकमा लालमोहर लगाएपछि बिमा विधेयक ‘बिमा ऐन २०७९’ का रूपमा लागू हुनेछ । यो ऐन लागू भएपछि अहिलेको बीमा समिति अधिकारसम्पन्न बिमा प्राधिकरणका रूपमा परिणत हुनेछ । उक्त प्राधिकरण स्वायत्त रहने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।

बीमा क्षेत्रमा भएका समस्यालाई नियालेर समयसापेक्ष विधेयक बनाइएको उहाँको भनाइ छ । विधेयकमार्फत प्राधिकरणले तोकेको चुक्तापुँजी बिमा कम्पनीहरूले नपुर्याए कम्पनीको लाइसेन्स जफत गर्न सक्ने अधिकार पनि दिइएको छ ।

Ad