
बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले बीमा ऐनलाई संशोधन गर्न बनेको बीमा विधेयक २०७५ जारी भएपछि नेपालको दूर दराजसम्म बीमाको पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा बीमा विधेयक २०७५ का विषयमा भएको छलफलमा मन्त्री शर्माले बीमक समस्याग्रस्त भएको के गर्ने भन्ने व्यवस्था विधेयकमा रहेको बताउनुभयो । उहाँले बीमा क्षेत्रलाई दूर दराजसम्म पुर्याउने काम विधेयक व्यवस्था गरेको समेत दाबी गर्नुभयो ।
अर्थ समितिले बीमा विधेयक सबैसँग छलफल गरेर पहिले नै प्रतिवेदन तयार पारेको उहाँको भनाइ छ । मन्त्री शर्माले स्वास्थ्य सेवा ऐनमा भएको व्यवस्थालाई यो ऐनले असर नपारेको बताउनुभयो । प्राधिकरण बनेपछि बीमा क्षेत्रमा देखिएका विकृति हट्ने उहाँको भनाइ छ ।


