Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

झण्डै ६२ प्रतिशत जनसंख्या बीमाको पहुँच बाहिर

२०७९ श्रावण २९ गते

बैंकिङ खबर/ नेपालमा अझै झण्डै ६२ प्रतिशत जनसंख्यामा बीमा सुविधा पुग्न नसकेको पाइएको छ । बीमा क्षेत्रलाई राज्यले प्राथमिकता दिएको भनिए पनि मुलुकको कुल जनसंख्याको करिब ६२ प्रतिशत अझै बीमाको पहुँचमा नरहेको सरकारी तथ्यांकले देखाएको छ ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको गत असारसम्मको तथ्यांकअनुसार ३८.२६ प्रतिशत नागरिकमा मात्रै बीमा पहुँच पुगेको छ । यो तथ्यांकमा वैदेशिक रोजगारीमा गएकाहरूले गरेको बीमा समावेश छैन ।

०७८ असारसम्म कुल जनसंख्याको २५.२३ प्रतिशत मात्र बिमा पहुँच पुगेको थियो । धेरै नागरिकमा बिमासम्बन्धी चेतना नहुनु र कम्पनीहरू सहर तथा सुविधासम्पन्न क्षेत्रमा सीमित भएकाले अझै पनि जनसंख्याको ठूलो हिस्सा बीमा सेवाबाट वञ्चित रहेको जानकारहरू बताउँछन् । यद्यपि अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा बीमा पहुँच १३.०६ प्रतिशत विन्दुले बढेको देखिन्छ ।