Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा कम्पनीमा झण्डै १२ हजार जनशक्ति

२०७९ श्रावण २७ गते

बैंकिङ खबर/ बीमा कम्पनीमा झण्डै १२ हजार जनशक्ति रहेको पाइएको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीमा प्रत्यक्ष कार्यरत जनशक्तिको संख्या १०.३१ प्रतिशतले वृद्धि भएको हो। बीमा समितिले प्रकाशन गरेको आवधिक तथ्याङ्क अनुसार गत आर्थिक वर्ष‌ २०७८/७९ मा जीवन तथा निर्जीवन बीमा कम्पनीमा कूल १‌ हजार १ सय नौ जना जनशक्ति थप भएको छ।

आर्थिक वर्ष २०७७/७८ मा १०‌‌ हजार ७ सय ५२ जनशक्ति कार्यरत रहेकोमा गत आर्थिक वर्षको असार मसान्तसम्ममा ११ हजार ८‌ सय ६१ जना कार्यरत रहेका छन्। एकीकृत तथ्याङ्कका अनुसार वर्ष भरमा १ हजार १‌सयको‌ हाराहारीमा नयाँ जनशक्ति थप भएको देखिएपनि वास्तवमा यो भन्दा बढी संख्यामा कर्मचारी नियुक्त गरिएका छन्। व्यवस्थापनको दबाबका कारण राजीनामा दिने वा स्वेच्छिक राजीनामा दिने कर्मचारीको संख्याका कारण नयाँ थपिएका सबै जनशक्तिको वास्तविक संख्या यो तथ्याङ्कमा खुल्न नसकेको हो।