
बैंकिङ खबर/ सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय विरुवागुठी, पर्साले बिमा दावी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला पर्सागढी न.पा. वडा नं.४, भेडहा टोलमा रहेको केन्द्र नं. ५८ कि सदस्य श्रीमति अलमुन नेसाको श्रीमान् शेख अलाउदिनको मृत्यु पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराईएको हो ।
सदस्य अलमुन नेसाले संस्थाबाट रु.१ लाख २० हजार कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत श्रीमानको मृत्यू पश्चात दिइने काजक्रिया खर्च रु. २५ हजार तथा तिरेको किस्ता रकम रु.३० हजार समेत फिर्ता गरी जम्मा रकम रु.५५ हजार निज सदस्यलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले बताउनुभयो ।
संस्थाले आफ्ना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।
दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपल्वध गराईदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका छन् ।
उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्पmबाट शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादव तथा कर्मचारी एकबाल शर्मा र सो केन्द्रका केन्द्र संचालक दिपेश कुमार सिंहको उपस्थिति रहेको थियो भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।




