Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सानिमा बैंकलाई आइएफसीले दियो २ करोड डलर ऋण

२०७९ श्रावण २५ गते

बैंकिङ खबर । सानिमा बैंकले २ करोड डलर ऋण प्राप्त गरेको छ । तरलता अभावलाई मध्येनजर गर्दैे विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले उक्त ऋण दिएको हो ।

सम्झौताअनुसार उक्त रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गरिनेछ । समावेशी तथा दिगो विकासको सिद्धान्तमा आधारित रही उक्त रकम ती क्षेत्रमा कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षमै आइएफसीसँग ऋण सम्झौता गरेको भएपनि चालु आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि ऋण प्राप्त भएको बैंकले जानकारी दिएको छ । ‘सानिमा बैंकले यस्तो ऋण ल्याउने सीमित बैंकहरुको पंक्तिमा आफूलाई उभ्याउन सफल भएको छ,’ बैंकले जनाएको छ ।

आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस फइले भन्नुभयो, ‘सानिमा बैंकमा गरिएको यो लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको छ ।’

उहाँले लघु, साना तथा मझौला व्यवसायको लगानीले यस क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सक्षम बनाउने विश्वाससमेत व्यक्त गर्नुभएको छ । साथै, नगद प्रवाहले बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव समस्या घट्ने र घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई पनि कम गर्न योगदान पुग्ने बैंकको अपेक्षा छ ।

सानिमा बैंकका सीइओ निश्चलराज पाण्डेले तरलताको असहज अपरिस्थितिमा पनि आइएफसीबाट प्राप्त रकमले एमएसएमई क्षेत्रमा कर्जा प्रवाह गर्न सहज हुने बताउनुभयो । सानिमा बैंकका देशभर १७२ शाखा कार्यालयहरु र १२० वटा एटिएम सञ्जाल रहेका छन् ।

Ad