
बैंकिङ खबर/छोरीको जन्मदिनको अवसरमा कैलालीकी भौनी देवी चौधरीले जीवन बीमा गराउनुभएको छ । जिल्लाको गोदावरी नगरपालिका १ बस्ने भौनीले आफ्नी छोरी रिनाको गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखामा दश लाखको गुराँस जीवन श्री सार्वधिक तथा आजीवन बीमा गराउनुभएको हो ।
फजुल खर्च गर्नुभन्दा पनि छोरीको बचत तथा सुरक्षाका दृष्टिकोणले जीवन बीमा गराएको भौनी चौधरीले बताउनुभयो। उहाँले फजुल खर्च गर्नुभन्दा पनि जीवनको सुरक्षा तथा बचतको लागि सबैलाई जीवन बीमा गर्न आग्रह गर्नुभयो । गुराँस लाइफ इन्सुरेन्स अत्तरिया शाखाका प्रमुख गजेन्द्र बहादुर भण्डारीले जन्मदिनको शुभकामना दिँदै आउने दिनहरूमा पनि यसरी बचत हुँदै जाने बताउनुभयो ।


