
बैंकिङ खबर/ नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा ६ पानबारीमा रहेको सरस्वती मा.वि.का विद्यार्थी तथा सरोकारवालाहरुसँग वित्तीय साक्षरता तथा पङ्खा वितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले विद्यालयलाई १० थान सिलिङ्ग पङ्खा हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा शाखा कार्यालय धरानका शाखा प्रबन्धक सुमन भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो, भने योजना विभागका विभागीय प्रमुख कृष्ण बहादुर खड्काले संस्थागत परिचय साथै सामाजिक कार्यमा नेरुडेले खेलेको भूमिका तथा भावि कार्य योजनाका विषयमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रम नेरुडेका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालको अध्यक्षतामा, प्रमुख आतिथि धरान उपमहानगरपालिका वडा ६ का वडा अध्यक्ष भुपेन्द्र भट्टराई, विशेष अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश कटुवाल, प्रधानाध्यपक गंगाप्रसाद धमला लगायको उपस्थितीमा भएको थियो ।
प्रमुख कार्यकारी अधिकृतले वित्तीय साक्षरता सम्बन्धीका विषयहरु कर्जा, बचत, रेमिट्यान्स, लघुउद्यम, बीमा र पारिवारिक बजेट सम्बन्धमा सहजीकरण गर्नुभएको थियो । त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्षले वित्तीय साक्षरता सगै प्रविधि साक्षरताको समेत आवश्यकता भएको बताउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि भुपेन्द्र भट्टराईले नेरुडेले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै प्रगतिको कामना गर्नु भएको थियो । यस किसिमको कार्यक्रमले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्राप्त भएको र आउदा दिनहरुमा नेरुडेसँग सहकार्य गरी कार्य गर्ने प्र.अ. गंगाप्रसाद धमलाले बताउनु भएको थियो ।
कार्यक्रममा बंगलादेशका प्रो.डा.मोहम्द युनुसले सुरु गर्नुभएको थ्रीजिरो कल्ब (जिरो कार्बन उत्र्सजन, जिरो गरिबी, जिरो बेरोजगारी) को अवधारणाका विषयमा नेरुडेका क्रेडिट प्लस कार्यक्रमका फोकल पर्सन राजु श्रेष्ठले जानकारी गराउनुभयो ।




