Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रभुसँग मर्जर सम्झौतामा हस्ताक्षरपछि सेञ्चुरी बैंकको शेयर कारोबार बन्द

२०७९ श्रावण १६ गते


बैंकिङ खबर/ प्रभुसँग मर्जरका लागि सम्झौतामा हस्ताक्षर गरेको सेञ्चुरी बैंकको शेयर कारोबार बन्द भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका बैंकको शेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको थियो । तर नेपाल धितोपत्र बोर्डले समयमा यसको कार्यविधि तयार पार्न नसक्दा कारोबार रोक्काको व्यवस्था कायमै छ ।
सहमतिपत्रमा प्रभु बैंकका अध्यक्ष लिला प्रकाश सिटौला र सेञ्चुरीका अध्यक्ष राजेश कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । प्रभु बैंकले एक बराबर एकको अनुपातमा सेञ्चुरी प्राप्ती गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको हो ।

मर्जर पछि बैंकको नाम प्रभु बैंक रहने र प्रभु बैंकका सिइओ अशोक शेरचन हुनुहुने छ भने वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने रहने सहमति भएको छ ।

Ad