Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल बंगलादेशलाई गाभेसँगै नविलको सञ्चालक हेरफेर

२०७९ श्रावण १६ गते

बैंकिङ खबर/ नेपाल बंगलादेशलाई गाभेसँगै नविलको सञ्चालक हेरफेरबैंकिङ खबर/ नविल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेसँगै संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक हेरफेर गरेको छ ।

नविल बैंकका उदय कृष्ण उपाध्याले राजीनामा दिनुभएको छ । उहाँले दिनुभएको राजीनामा साउन १३ गते बसेको सञ्चालक समितिको बैठकबाट स्वीकृत भएको छ ।

उहाँको सट्टामा बैंकले आईएफआईसी बैंकको तर्फबाट ए.आर.एम नजसुस शकिबलाई नियुक्त गरेको छ । बैंकको आगामी साधारणसभासम्मको लागि सञ्चालकमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

बैंकको संस्थापक शेयरधनी एन.बी इन्टरनेशनलको तर्फबाट प्रतिनिधित्व गर्दै आएका मलय मुखर्जी र निर्वाण कुमार चौधरीको पदावधि साउन ३१ र मंसिर ५ गतेसम्म मात्रै रहेको हुँदा उहाँको पदा पनि आगामी साधारणसभासम्म कायम रहने गरि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Ad