
बैंकिङ खबर/ नवनियुक्त अर्थमन्त्री जनर्दन शर्माको स्वागतमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भने अनुपस्थित हुनुभएको छ। सामान्यतया अर्थमन्त्रीको स्वागतमा गभर्नर उपस्थित हुन्छन् । तर, शर्मा र अधिकारीबीच सम्बन्ध राम्रो नरहेका बेला अधिकारी आइतबार साँझ अर्थ मन्त्रालय जानुभएन ।
यता पदभार ग्रहणपछि पहिलो प्रक्रिया दिँदै मन्त्री शर्माले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा रहेको भन्दै आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्नु आफ्नो लक्ष्य रहेको बताउनुभयो । उहाँले वैदेशिक मुद्रा सञ्चित वृद्धि बजेटको मुलभूत उद्देश्य रहेको उल्लेख गर्दै अर्थतन्त्र सवलीकरण आवश्यक रहेको र बजेटले त्यो दिशातर्फ लैजाने बताउनुभयो ।