
बैंकिङ खबर/ तीन बीमा कम्पनीले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेका छन् । अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ), एशियन लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेका हुन् ।
आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात् यी कम्पनीहरूले बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका हुन् ।
२०७८ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरूमा लागू हुने गरी बोनस दर सार्वजनिक गरेका हुन् ।
मेट लाइफ इन्स्योरेन्सका बीमितले न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनस दर पाउने भएका छन् । ज्योति लाइफका बीमितले न्यूनतम २० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनस दर पाउने भएका छन् । यस्तै, एशियन लाइफका बीमितले प्रतिहजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म पाउने छन् ।
मेट लाइफले सावधिक जीवन बीमालेख अन्तर्गत बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रूपैयाँ बोनस दर कायम गरेको छ ।
यस बीमा योजनामा २० वा सो भन्दा माथि बीमा अवधिका लागि ८० रुपैयाँ बोनस दर कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।
१ देखि ५ वर्ष बीमा अवधिका बीमालेखमा कम्पनीले प्रतिहजार ६० रुपैयाँ र १६ देखि २० वर्षे बीमा अवधिका बीमालेखमा प्रतिहजार ७० रुपैयाँ बोनस दर कायम गरेको छ ।
शिक्षा संरक्षण बीमालेखमा बीतिमले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६० देखि ७० रूपैयाँसम्म बोनस दर पाउने छन् ।
यस्तै, कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ४५ रुपैयाँ रअधिकतम ६५ रूपैयाँ बोनसदर कायम गरेको छ । यस बीमा योजनामा २१ वा सो भन्दा माथिका बीमा अवधिका लागि कम्पनीले ६५ रूपैयाँ बोनस दर निर्धारण गरेको छ ।
ज्योति लाइफ इन्स्योरेन्सले सावधिक तथा आजीवन बीमा योजनामा कम्पनीले २५ र सोभन्दा माथिका बीमा अवधिका लागि ७५ रूपैयाँ बोनस दर कायम गरेको छ ।
कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रूपैयाँ बोनस दर कायम गरेको छ ।
यस बीमा योजनामा २५ वा सो भन्दा माथि बीमा अवधिका लागि ७५ रूपैयाँ बोनस दर कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।
९ वर्षे बीमा अवधिमा ४३ रूपैयाँ, १० देखि १४ वर्षे बीमा अवधिमा ४५ रूपैयाँ र १५ देखि २४ वर्षे बीमा अवधिमा ५५ रूपैयाँ बोनस दर कायम भएको छ ।
सावधिक तथा आजीवन बीमालेखअन्र्तगत ९ वर्षे बीमा अवधिका लागि ४३ रूपैयाँ र १० देखि १४ वर्षसम्म ४५ रूपैयाँ बोनस दर निर्धारण गरिएको छ अग्रिम भुक्तानी बीमा योजनामा बीमितिले १० देखि १४ वर्ष अवधिमा ४३ रूपैयाँ, १५ देखि १९ वर्षे अवधिमा ४५ रूपैयाँ र २० देखि २४ वर्षे बीमा अवधिमा ५० रूपैयाँ बोनस दर पाउने छन् ।
यस्तै, ज्योति ईजी पे जीवन बीमा योजना अन्र्तगत कम्पनीले न्यूनतम २० रूपैयाँदेखि अधिकतम ३० रूपैयाँ बोनस दर कायम गरेको छ । नेपालमा हाल १९ जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् ।




