Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा अभिकर्ता तथा सर्भेयरको लाइसेन्स नवीकरण गर्न बीमा समितिको आग्रह

२०७९ श्रावण १२ गते

बैंकिङ खबर/ बीमा समितिले बीमा अभिकर्ता तथा सर्भेयरको लाइसेन्स नवीकरण गर्न आग्रह गरेको छ । समितिले बिहीबार एक सूचना जारी गर्दै अभिकर्ता र सर्भेयरको लाइसेन्स नवीकरण गर्न आग्रह गरेको हो ।

बीमा अभिकर्ता तथा सर्भेयरहरुको इजाजतपत्रहरु प्रत्येक चैत मसान्त भित्रमा नवीकरण गरिसक्नु पर्ने व्यवस्था रहेको छ । त्यस अनुसार २०७९ को लागि नवीकरण गराउन छुट भएका बीमा अभिकर्ता तथा सर्भेयरहरुले आफ्नो इजाजतपत्र समयमै नवीकरण गराउन आग्रह गरेको हो ।

२०७९ असोज मसान्तपछि बिलम्ब शुल्क तिरेर नवीकरण गर्न सकिने कानुनी व्यवस्था रहेको पनि समितिले जनाएको छ ।

समितिले गत आर्थिक वर्षको अन्त्यसम्ममा एक हजार १०२ जना बीमा सर्भेयरको लाइसेन्स नवीकरण भएको जनाएको छ । समितिको तथ्यांक अनुसार ‘क’ वर्गका ५० जना, ‘ख’ वर्गमा ५४ जना, ‘ग’ वर्गमा १२४ जना र ‘घ’ वर्गमा ८७४ जना गरी एक हजार १०२ जना सर्भेयरको लाइसेन्स नवीकरण भएका छन् ।

संस्थागत र व्यक्तिगत सर्भेयर गरी सो बराबरको लाइसेन्स नविकरण भएका हुन । सर्भेयरले प्रत्येक बर्ष आफनो लाईसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ ।