Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कसिलो मौद्रिक नीति कार्यान्वयन चुनौतीपूर्ण : सिबिफिन

२०७९ श्रावण १० गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले आर्थिक एवं वित्तीय स्थिरता कायम गर्दै खस्किदो अर्थतन्त्रलाई लयमा फर्काउने हिसाबले मौद्रिक नीति आएको जनाएको छ।

परिसंघले मंगलबार विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिमाथि आफ्नो धारणा सार्वजनिक गरेको हो। उत्पादन र उत्पादकत्व अभिवृद्धिमा विशेष जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने लक्ष्यका साथ जारी भएको मौद्रिक नीति समग्रतामा सकारात्मक रहेको परिसंघको ठहर छ।

तर वर्तमान अर्थव्यवस्थाको सुधारका लागि कसिलो बनाइएको मौद्रिक नीतिले लिएका लक्ष्यहरुको प्राप्ति र अवलम्बन गरेका कतिपय व्यवस्थाहरुको कार्यान्वयन भने चुनौतीपूर्ण हुने परिसंघको ठम्याइ छ।

परिसंघले दिएको सुझावका आधारमा बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जाको वर्गिकरण गरी उत्पादनशील क्षेत्र र व्यापारमा जानेमा फरक ब्याजदर कायम गरिने, उत्पादनमूलक क्षेत्रको विकास एवं कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराइने, निर्यात प्रवर्द्धनमा विशेष प्राथमिकता दिइने, विप्रेषणलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याएको प्रमाणका आधारमा विभिन्न सेवा तथा सुविधा छुट हुने व्यवस्था मौद्रिक नीतिमा समेटिएको उल्लेख गरेको छ।

बैंकदरमा गरिएको वृद्धि, अनिवार्य नगद मौज्दात एवं वैधानिक तरलता अनुपातको सीमामा गरिएको वृद्धि, आयात गर्न राखिने मार्जिनलाई परिमार्जन (घटाइएको अवस्थामा) गरी गरिने व्यवस्था, कर्जा प्रवाहको सीमामा संकुचन जस्ता विषयहरुले तरलता व्यवस्थापनमा थप कठिनाइ हुने परिसंघको जिकिर छ।

Ad