
बैंकिङ खबर/ लघुवित्त वित्तीय संस्थाहरुमा रोजगारीका लागि सूचनाहरु प्रकाशित भएका छन् । विभिन्न लघुवित्तमा आएका विज्ञापनहरु तल प्रस्तुत गरिएको छ ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । संस्थाले कनिष्ठ अधिकृत र जुनियर सहायक पदमा केही कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनका लागि आईटी सम्बन्धित विषयहरुमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा केही वर्षको कार्य अनुभव भएको हुनुपर्ने संस्थाले जनाएको छ । आवेदकहरुको उमेरको हद दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संलग्न गरी साउन १७ गतेभित्र संस्थाको इमेल nirdhan.hrm@gmail.com मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

एनआईसी एशिया लघुवित्त
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । संस्थाले असार २९ गते एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । संस्थाले सुपरभाइजर/वरिष्ठ सहायक/(शाखा प्रमुख) र सहायकमा केही संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुका लागि प्लस टु उत्तीर्ण गरेको र लघुवित्त तथा सम्बन्धित क्षेत्रमा केही वर्षको कार्यअनुभव भएको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी साउन ११ गतेभित्र कम्पनीको वेबसाइट https://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त महिला लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । संस्थाले साउन ३ गते एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारीहरु माग गरेको हो ।
संस्थाले वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी(तालिमे) पदमा केही कर्मचारी माग गरेको छ। वरिष्ठ अधिकृत, अधिकृत र कनिष्ठ अधिकृत पदका लागि स्नातक उतीर्ण गरी लघुवित्त क्षेत्रमा २ वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ । वरिष्ठ सहायक र सहायक पदका लागि प्रविणता तह उतीर्ण गरी लघुवित्त क्षेत्रमा २ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । त्यस्तै कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि एस.ई.ई वा सो सरहको परीक्षा उतीर्ण भएको हुनुपर्ने संस्थाले जनाएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संलग्न गरी सुचना प्रकाशित भएको १५ दिनभित्रमा व्यक्तिगत विवरण, नागरिकता, शैक्षिक योग्यता, र तालिम प्रमाण पत्रको प्रतिलिपि तथा पासपार्ट साइजको फोटासहित संस्थाको वेबसाइट www.mlbsl.com.np को career बाट अनलाइन फाराम भर्नुपर्नेछ वा संस्थाको इमेल ठेगाना vacancy.mlbsl@gmail.com मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

समिट लघुवित्त वित्तीय संस्था
समिट लघुवित्त वित्तीय संस्थामा रोजगारी खुलेको छ । कम्पनीले तीन पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले वरिष्ठ सहायकमा १५ जना, सहायकमा १५ जना र प्रशिक्षार्र्थी सहायकमा ५० जना गरी कुुल ८० जना कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि एसएलसी तथा प्लस टुु पास तह उत्तीर्ण गरेको हुुनुुपर्ने कम्पनीले जनाएको छ ।
योग्यता पुुगेका इच्छुुक व्यक्तिले १५ दिनभित्र कम्पनीको वेबसाइट https://www.summitbank.com.np/vacancy.html मार्फत दरखास्त दिन सक्नेछन् ।

किसान लघुवित्त
किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै सीईओ मागेको हो ।
उक्त पदका लागि लघुवित्तले मान्यता प्राप्त शिक्षण संस्था बाट चार्टर्ड एकाउण्टेन्सी वा ब्यवस्थापन, बैकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखा शास्त्र, तथ्याङ शास्त्र, गणित शास्त्र, ब्यापार प्रशासन, जन प्रशासन वा कानून विषयमा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तिर्ण गरेको माग गरेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी साउन १० गते भित्र संस्थाको कार्यालयको इमेल मार्फत आवेदन दिन सकिनेछ ।

निधन उत्थान लघुवित्त




