Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मौद्रिक नीतिमा लघुवित्त : ‘राइट सेयरको अधिकार दिनुपर्छ’

२०७९ श्रावण ३ गते

प्रबिन लामा
प्रमुख कार्यकारी अधिकृत(सिईओ), इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड
लघुवित्त र मौद्रिक नीतिको अवस्था

लघुवित्त वित्तीय संस्थाहरुलाई वैज्ञानिक ब्याजदर लागु गर्नुपर्छ । बेस रेटमा न्युनतम प्रिमियम थप्ने गरी राष्ट्र बैंकले नीति बनाउनुपर्छ र बेस रेट तोक्नुपर्छ । अहिले लघुवित्त वित्तीय संस्थाहरुको बेस रेट १४/१५ प्रतिशत रहेको छ, त्यसमा ४ प्रतिशत जति प्रिमियम रेट थप्न सकेमा लघुवित्त क्षेत्रमा राम्रो हुने थियो । त्यस्तै केही सदस्यहरुबाट सङ्कलन गरेको बचत केही प्रतिशत पब्लिक डिपोजिट पनि उठाउन पाउने व्यवस्था यस मौद्रिक नीतिमा भएमा राम्रो हुने थियो । लघुवित्त वित्तीय संस्थाहरुलाई राइट सेयरको अधिकार पनि दिने व्यवस्था गर्नुपर्छ । त्यसैगरी प्रमोटर सेयरधनीहरुले आफ्नै संस्थामा बचत जम्मा गर्ने व्यवस्था यस मौद्रिक नीतिमा हुनु आवश्यक रहेको छ ।

लघुवित्त संस्थाहरुले विदेशी इन्भेष्टमेन्ट कम्पनीहरुबाट पनि लगानी गर्ने तथा कर्जा लिन पाउने व्यवस्था गर्नुपर्छ । अहिले नेपाल सरकारले ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा दिने कुरा आएको छ, त्यसलाई विपन्न तथा आर्थिक अवस्था कमजोर भएको मानिसहरुलाई सोझै पाउने खालको व्यवस्था हुनुपर्छ ।

लघुवित्त क्षेत्रमा ५० प्रतिशतभन्दा बढी नै किसानहरु संलग्न छन् । त्यसकारण कृषिमा पाउने सहुलियतपूर्ण कर्जालाई लघुवित्त संस्थाहरुले पाउने व्यवस्था गर्नुपर्छ । त्यस्तै लघुवित्त वित्तीय संस्थाहरुलाई सहज हुने खालको छुट्टै एउटा कोष खडा गरिनुपर्छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा कम्पनीको सस्तो खालको रकमहरु रहेको हुन्छ । त्यसको एउटा कोष बनाएर लघुवित्तलाई त्यहाँबाट मिनिमम रेट तोकेर ४/७ प्रतिशतसम्म पाउने व्यवस्था भएमा माइक्रोफाइनान्सको बेश रेट कम हुन्छ र कस्ट अफ फन्ड पनि कम हुन्छ र सस्तो ब्याजदरमा कर्जा लगानी गर्न सकिन्छ । यसबाट लघुवित्त क्षेत्रमा दिगो हुन्छ ।

यसरी लघुवित्तको कोषको खडा गर्नुपर्ने आवश्यकता यस मौद्रिक नीतिमा देखिएको छ । त्यस्तै लघुवित्तको मर्जरको कुरामा पनि राष्ट्र बैंकले सहुलियत दिनुपर्छ । किनकि अहिले लघुवित्त नेपालमा ६५ वटाको आवश्यक छ कि छैन भन्ने कुरा चलिराखेको अवस्था छ । लघुवित्त ६५ वटा नभएपनि त्यसलाई घटाउनका लागि उपयुक्त उपाय अपनाउनुपर्छ । मर्जरका लागि प्रोत्साहन गर्नुपर्छ । त्यसैले मर्जरको कार्यक्रमलाई व्यवस्थित तरिकाले लैजानका लागि राष्ट्र बैंकले उचित सुविधा बनाउनुपर्छ । मर्जर गरेका संस्थाहरुलाई राइट सेयरको अधिकार दिने, मर्जर गरेको हकमा केही समयपश्चात् पब्लिक डिपोजिट गर्न पाउने व्यवस्था गर्ने जस्ता कुराहरुको नीति ल्याएमा संस्थाहरुले मर्जरलाई उत्प्रेरित गर्न सक्छ ।

महिला सशक्तिकरणमा लघुवित्तको भुमिका महत्वपूर्ण

लघुवित्तले महिला सशक्तिकरणमा ठूलो भुमिका खेलेको छ । हिजोको दिनमा महिला उपेक्षित थियो । अहिले हरेक महिलाहरु आफ्नो हक अधिकारको लागि बोल्न सक्ने भएका छन् । लघुवित्त क्षेत्रका धेरै महिलाहरु स्थानीय निकायको प्रतिनिधि, मेयर, उपमेयर तथा संसदमा पुगेको धेरै छन् । जसले गर्दा महिलाहरुमा सम्पत्तिको अधिकारको पहुँच पु¥याउने काममा लघुवित्तको भुमिका महत्वपूर्ण रहेको छ । त्यस्तै वित्तीय समावेशीकरणमा पनि लघुवित्तको ठुलो भुमिका रहेको छ । लघुवित्त संस्थाको उदय हुनुपूर्व सानो उद्यम गर्नका लागि सहज ब्याजदरमा कर्जा नपाउने अवस्था रहेको थियो ।

सापटी लिन खोज्दा साहु महाजनको चर्काे ब्याजदरतिर्नुपर्ने अवस्था थियो । यसरी जुन लघुवित्तमा सदस्यहरु आवद्ध हुन्छन् त्यहाँ ५ प्रतिशत आर्थिक क्षेत्रमा स्वत : वृद्धि भएको अवस्था छ । यसरी कृषि उपजको कुरालाई बढाउन पनि लघुवित्तले धेरै ठुलो भुमिका खेलेको छ ।

लघुवित्तका चुनौती तथा समस्याहरु

लघुवित्तको क्षेत्रमा धेरै चुनौती तथा समस्याहरु छन् । सदस्यहरुले कर्जाको सही सदुपयोग नगर्नाले सदस्य र संस्था दुवैलाई समस्या भएको छ । त्यस्तै सदस्यहरुले उत्पादनमुलक क्षेत्रमा कर्जा लगानी नगरेर उपभोगमा खर्च गर्न थालेका छन् । लघुवित्त क्षेत्रमा प्रतिस्पर्धा बढी छ र ऋणको सीमा पनि बढ्दै गयो र चुनौतीको रुपमा आएको छ । लघुवित्त संस्थाहरुको बिगबिगीका कारण कर्जा नतिर्ने प्रवृत्ति बढेको छ र लघुवित्त क्षेत्रमा समस्या आएको छ ।

समाधानको उपायहरु
लघुवित्त क्षेत्रको समस्या समाधान गर्नका लागि वित्तीय साक्षरताको धेरै ठूलो आवश्यकता रहेको छ । सबै महिला तथा दिदीबहिनीहरुलाई वित्तीय साक्षरताको पहुँच पु¥याउनु आवश्यक रहेको छ । यसका लागि गाउँपलिका, नगरपालिका तथा स्थानीय निकायको जनप्रतिनिधिहरु, लघुवित्त संस्थाहरु, साना व्यवसायी उद्यमीहरु तथा पिछडिएका क्षेत्रका मानिसहरु विकासका लागि महत्वपूर्ण औजार भएको हुनाले सबै मिलेर प्रवद्र्धनमा जोड दिनुपर्छ ।

४ अर्ब ९० करोड कर्जा लगानी गर्न सफल इन्फिनिटी लघुवित्त

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४६ ओटा जिल्लामा ९० ओटा शाखामार्फत ग्राहकहरुलाई सेवा पु¥याउँदै आइरहेको छ । संस्थाको चुक्ता पुँजी ४१ करोड रहेको छ ।

३७८ जना कर्मचारी संख्या रहेको यस संस्थामा लगभग ९० हजार जना सदस्य संख्या रहेको छ । संस्थाले ४ अर्ब ९० करोड रकम कर्जा लगानी गर्दै आएको छ । विशेष गरी कृषि क्षेत्रमा लगभग ७० प्रतिशत र खुद्रा तथा किराना पसलहरु सञ्चालन गर्नका लागि बाँकी कर्जा प्रवाह हुदैँ आएकोृ छ । लगानी भएको मध्येमा सबै प्रतिशत सही सदुपयोग भएको छ । संस्थामा खराब कर्जाको अवस्था ३ प्रतिशतको हाराहारीमा रहेको छ ।

 
Ad