Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभाः मर्ज गराउने जिम्मा सञ्चालक समितिलाई

२०७९ असार ३० गते

बैंकिङ खबर/ लुम्बिनी जनरल इन्स्योरेन्सको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । असार २९ गते सम्पन्न इन्स्योरेन्सको १७ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको लाभांश प्रस्तावलाई पारित गरेको हो ।

यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश पाउने छन् । उक्त बोनस सेयर छिट्टै नै नेप्सेमा सूचीकृत भई सेयरधनीको खातामा हस्तान्तरण हुने समेत इन्स्योरेन्सले जानकारी गराएको छ ।
९.५ प्रतिशत लाभांश पारितसँगै इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

साथै, सभाले मर्ज गर्न तथा गराउनको लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिएको छ । यससँगै सभाले सञ्चालक समितिमा ४ जना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको छ । निर्विरोध निर्वाचित हुनेमा सञ्चालक विश्वराज रेग्मी, मनोहरदास मूल, अरुणराज श्रेष्ठ र उमेश रेग्मी रहेका छन् ।