
बैंकिङ खबर/ प्रभु इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न भएको छ । केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा सम्पन विशेष साधारण सभाले भविष्यमा कुनै निर्जीबन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्नेर गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै विशेष साधारणसभाले चलअचल सम्पत्ति र दायित्व मुल्यांकन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।
विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले असार २० गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असार १९ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।




