Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकहरुले अनैतिक काम गरे : शेखर गोल्छा

२०७९ असार २६ गते

बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले अनैतिक काम गरेको बताउनुभएको छ । कर्जाप्रवाह रोकेर थप मार्जिन राखेर मात्रै कर्जा दिन्छु भन्नु अनैतिक भएको उहाँको भनाइ छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा महासंघले आयोजना गरेको अन्तरक्रियामा बैंकहरुले कर्जा रोकेर अनैतिक कार्य गरेको उहाँको भनाइ छ । यसले अर्थतन्त्रमा अर्को रुप लिनसक्ने भन्दै उहाँले गभर्नर महाप्रसाद अधिकारीलाई सचेत समेत गराउनुभयो । वस्तु आयातमा शतप्रतिशत नगद मार्जिनबारे पनि सोच्नुपर्ने उहाँको भनाइ छ ।

 

Ad