
बैंकिङ खबर/ कृषि विकास बैंकमा रोजगारी खुलेको छ । बैंकले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। खुला तथा समावेशीतर्फ बैंकले चौंथोदेखि आठौं तहसम्मका पदमा स्थायी नियुक्तिका लागि १५२ जनाको आवेदन आह्वान गरेको छ।
प्रशासन र प्राविधिकतर्फ बैंकले कर्मचारी मागेको हो। बैंकले आन्तरिक बढुवाका लागि पनि सूचना प्रकाशित गरेको छ। शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्युटर अधिकृत १७ जना, इन्जिनियर सभिलतर्फ ३ जना, कर्जा अधिकृत १२ जना, व्यवसाय सहायक २३ जना, कानून सहायक ३ जना, ऋण सहायक ५ जना र लेखापाल ३४ जना गरी कूल १५२ जनाको माग भएको छ। उक्त पदका लागि तपाईले अनलाइनबाट आवेदन दिनुपर्नेछ ।
हेर्नुहोस् सूचना




