
बैंकिङ खबर/ बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिविफिन)का अध्यक्ष पवन गोल्यानले बैंक पैसा कमाउनको लागि मात्र नभएको बताउनुभएको छ ।
सिविफिनले बिहीबार आगामी मौद्रिक नीतिमा सुझावका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बैंक पैसा कमाउनको लागि मात्र नभएकाले बैंकका ब्याज सिंगल डिजिटमै हुनुपर्ने बताउनुभयो । राष्ट्र बैंकले विशेष गरेर उत्पादनशील क्षेत्रमा ब्याज कम गर्ने नीति ल्याउनु पर्ने उहाँको जोड छ ।
उहाँले सरकारले बाहिरबाट ऋण ल्याएर बैंकलाई दिनुपर्ने बताउनुभयो । त्यस्तै, सेयर धितोमा लगाईएको ४ र १२ करोडको सीमाको बारेमा सिविफिन अध्ययन गर्ने गोल्यानले बताउनुभयो । नेपाल राष्ट्र बैंकले सेयर धितोमा लगाएको उक्त क्यापले सबैभन्दा बढी साना लगानीकर्ताहरु मारमा परेका उहाँको जोड छ ।