अमेरिकी माइक्रो ब्लगिङ साइट ट्विटर विक्री हुने खबर बाहिरिएसँगै यसलाई खरिद गर्न थुप्रै कम्पनीहरुले चासो देखाएका छन् । यसको खरीददाताको सूचीमा गूगल र सेल्सफोर्स अग्रपङ्क्तिमा रहेको अमेरिकी व्यावसायिक च्यानल सीएनबीसीले बताएको छ ।
यस विषयमा कुरा गर्न खोज्दा ट्विटर, गूगल र सेल्सफोर्स तीनओटै कम्पनीका प्रतिनिधि नभेटिएको बताइएको छ । यस समाचारसँगै ट्विटरको शेयर मूल्य २० प्रतिशतले बढेको थियो । यद्यपि सेल्सफोर्सको शेयर ३ प्रतिशतले घटेको थियो । ट्विटरको निराशाजनक प्रयोगकर्ताका कारण यसको विक्रीको खबर केही दिनयतादेखि आइरहेको थियो ।
केही दिनअघि आएको एक त्रैमासिक प्रतिवेदनअनुसार ट्विटरले सन् २०१३ मा पब्लिक भएपछिको सबैभन्दा कम आम्दानी कमाएको थियो । एजेन्सी
