Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

पुनर्बीमा सम्बन्धी नयाँ निर्देशन जारी, यस्ता छन् व्यवस्था

२०७९ असार १७ गते

बैंकिङ खबर/ बीमा समितिले बीमा कम्पनीहरुलाई आफ्नो सत प्रतिशत जोखिम स्वदेशी पुनर्बीमा कम्पनीमै गर्न चाहेमा पाउने व्यवस्था गरिदिएको छ । बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै ‘बीमकले पुनर्बीमकलाई प्रदान गरेको प्रत्यक्ष हिस्सा पश्चात बाँकी रहेको हिस्साको शतप्रतिशतसम्म पुनर्बीमा नेपाली पुनर्बीमकलाई दिन सक्नेछ ।’

समितिले पुनर्बीमकलाई बीमकबाट प्राप्त नेपाल सरकारले निर्धारण गरे बमोजिमको प्रत्यक्ष हिस्सा पुनर्बीमकले कुनै पनि अवस्थामा अस्वीकार गर्न नपाउने व्यवस्था गरिदिएको छ । अव पुनर्बीमा कम्पनीहरुले जीवन बीमा कम्पनीको जुनसुकै जोखिमको २० प्रतिशत आफैले बहन गर्नु पर्ने भएको छ ।