Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई प्राप्ति गर्ने

२०७९ असार १६ गते

बैंकिङ खबर/ मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति प्रस्तावका लागि दुबै कम्पनीले असार ३१ गते विशेष साधारण सभा बोलाएका छन् ।

मिर्मिरे लघुवित्तले होटल सारथी धुलिखेल, काभ्रेपलाञ्चोकमा विहान ११ बजे र बुद्धज्योती लघुवित्तले केन्द्रीय कार्यालय लुम्बिनी, रुपन्देहीमा विहान ११ बजे सभा बोलाएका हुन् ।

मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई प्राप्ति गरेपश्चात् पूँजी संरचना परिवर्तन बमोजिम पूँजी संरचना समायोजन गर्न एफपीओ जारी गर्ने प्रस्ताव पनि विशेष साधारण सभामार्फत् पारित गर्नेछ । त्यसका साथै, मिर्मिरे लघुवित्त धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी हो भने बुद्धज्योती लघुवित्त सूचीकृत नभएको कम्पनी हो ।

साथै, विशेष साधारण सभा प्रयोजनका लागि मिर्मिरे लघुवित्तले असार २४ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ असार २३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछन् ।