
बैंकिङ खबर/ भारतमा सरकारी बैंकहरुलाई निजीकरण गर्ने तयारी गरिएको छ । भारत सरकारले आगामी संसदको अधिवेशनमा सरकारी बैंकहरुलाई निजीकरण सम्बन्धी कार्यविधि संशोधन गर्न लागेको हो ।
संशोधनमार्फत् केन्द्रीय सरकार अन्तर्गत रहेका सबै बैंक निजीकरण गरिने इकोनोमिक टाइम्समा प्रकाशित समाचारमा उल्लेख छ । सन् १९७० को ऐन अनुसार सरकारी बैंकमा केन्द्रीय सरकारको ५१ प्रतिशत हिस्सा रहने व्यवस्था छ । यसअघि सरकारी बैंकमा केन्द्रीय सरकार कम्तीमा २६ प्रतिशत सेयर स्वामित्व हुनुपर्ने भनिएको थियो ।
बैंकहरु निजीकरणको चर्चासँगै आइडीबीआई बैंकको सेयर ०.९५ प्रतिशतले ओरालो लागेको छ । बैंकहरुको निजीकरणका विषयमा भारतको वित्त मन्त्रालयले त्यहाँको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियासँग पनि छलफल गरेको छ ।