Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुवित्तद्वारा डा. हरिहरदेव पन्त स्मृति छात्रवृत्ति वितरण

२०७९ असार १५ गते

बैंकिङ खबर/ सुनसरीको धरानमा रहेको निर्धन उत्थान लघुवित्त वित्तीय सस्था लिमिटेडले आफ्ना सदस्यहरुका छोरा छोरीलाई छात्रवृत्ति रकम वितरण गरेको छ ।

सस्थाले हरेक वर्ष वितरण गर्दै आएको उक्त छात्रवृत्ति रकम शाखामा आवद्ध समुहका छोरा छोरीहरु मध्येबाट सर्वोत्कृष्ट अंक प्राप्त गर्ने एक/एक जनालाई नगद ६ हजारका दरले २ जना लाई वितरण गरीएको शाखा का शाखा प्रमुख गोविन्द प्रसाद तिमल्सीनाले जानकारी गराउनु भयो ।

शाखा कार्यालय पाचकन्या धरान सुनसरीले  एक कार्यक्रमको आयोजना गरी डा. हरिहरदेव पन्त स्मृति छात्रवृत्ति रकम प्रदान गरिएको छ । छात्रवृत्ति पाउनेमा धरान ६ सिंहदेवचोकमा रहेको सिहंदेवी महिला समुहकी सदस्य अनिता बस्नेतको छोरा युवराज बस्नेत र बोर्डिङचोकमा रहेको बोर्डिङचोक महिला समुह की सदस्यकि छोरी सुस्मिता कटुवाल रहेका छन् ।