Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सांग्रिला डेभलपमेन्ट बैंकमा खुल्यो रोजगारी

२०७९ असार १४ गते

बैंकिङ खबर/ सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा रोजगारी खुलेको छ । बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै २ शाखाका लागि ब्रान्च म्यानेजर माग गरेको हो ।

बैंकले वीरगंज र पर्साका लागि ब्रान्च म्यानेजर मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक उत्तिर्ण गरेको तथा ४ वर्ष बैंकिङ क्षेत्रमा अनुभव हुनपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार २८ गतेसम्म बेवसाइट  https://www.shangrilabank.com/ भित्रको career मार्फत आवेदन दिन सकिनेछ ।