Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

अजोड इन्स्योरेन्सको कृषि तथा पशुपंक्षी क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न

२०७९ असार ६ गते


बैंकिङ खबर/अजोड इन्स्योरेन्स कम्पनीले गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषि तथा पशुपंक्षी क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले मिति जेष्ठ २९, ३० र ३१ गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषि तथा पशुपन्छि क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको थियो ।

उक्त कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटबाट दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिनुभएको थियो । उक्त कार्यक्रममा २३ जना क्षति मुल्याङ्कनकर्ताको सहभागिता भएको थियो र कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडको गुल्मीका शाखाका प्रमुख सन्तोष न्यौपानेले गर्नुभएको थियो ।