२०७३ आश्विन ६ गते

गभर्नर डा. चिरंजीबि नेपालले देखाए ‘लघुवित्तका लागि सुनौला अवसर’

chiranjivi nepalनेपाल एउटा संभावनै संभावनाले भरिपूर्ण मुलुक हो । त्यही सम्भावनालाई धेरै विदेशीहरुले आँखा गाडेका छन् । तर हामीले त्यो सम्भावनालाई यथार्थमा परिणत गर्न सकिरहेका छैनौँ । त्यसका लागि राज्यस्तरबाट पहल नभएको पक्कै होइन । तर यहाँ केही चुनौतिहरु छन् । नागरिक आफै पनि आफ्नो देशमा भविष्य नदेखिरहेको विडम्बना हामीमाझ छ । देशमा केही हुँदैन भनेर तमाम युवा वर्ग विदेशी भूमिमा गएर श्रम बेचिरहेका छन् । जसका कारण हामी दिनप्रतिदिन परनिर्भर र गरिब बन्दै गएका छौँ । हाम्रो अर्थतन्त्र आत्मनिर्भर हुन सकेको छैन । मुलुकको व्यापारघाटा ७१३ अर्ब, निर्यात ६८ अर्ब मात्रै र मुद्रास्फीति दर १० प्रतिशत हुनुले मुलुकको अर्थतन्त्र कहालीलाग्दो अवस्थामा रहेको देखाउँछ ।

आत्मनिर्भर अर्थतन्त्र बनाउन राज्यदेखि नागरिकस्तरसम्मको तालमेल मिल्नुपर्छ । नागरिकले राज्यको लक्ष्य बुझ्ने र त्यही अनुसारको योगदान गर्न सक्नुपर्छ । राज्यले पनि विदेशिरहेका युवालाई स्वदेशमै रोकेर विकासका काममा लगाउन दिर्घकालिन रणनीति तयार गर्नुपर्छ ।

बैंक तथा वित्तीय संस्थाको भूमिका पनि मुलकको अर्थतन्त्रमा गौण मानिदैन । तर बैंक तथा वित्तीय संस्थाहरू संख्यात्मक रूपमा बढे पनि ४० प्रतिशत जनता मात्र बैंकिङ प्रणालीमा समेटिनु एउटा विडम्बना नै हो । जसका कारण उत्पादन बढ्न नसकी मुलुक परनिर्भर बन्दै गएको छ । त्यसैले बैंकिङ पहँुंच ग्रामीण क्षेत्रसम्म पु¥याउनुपर्छ । गाउँ–गाउँमा बैंकिङ पहुँच पु¥याएर जनतालाई कर्जा प्रवाह गरी उत्पादनशील क्षेत्रमा नलगाएसम्म मुलुक आत्मनिर्भर बन्न सक्दैन । आज पनि ५२ प्रतिशत जनताले बैंकहरूबाट ऋण लिदैनन । ४२ प्रतिशत नेपालीले बैंकमा बचत गर्दैनन् र २० प्रतिशत युवाको कारोबार बैंकमार्फत हुँदैन । त्यसैले अब बैंकले दूरदराजका गाउँबस्तीमा शाखा विस्तारसँगै वित्तीय साक्षरता बढाउनु अपरिहार्य छ । नेपालमा ग्रामीण बैंक तथा लघुवित्त बैंकलाई सेवा विस्तार गर्ने सुनौलो अवसर छ । त्यसैले ती संस्थाले कर्जाको सही सदुपयोगका लागि उद्यमशील र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ ।
 
मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर बन्दै गएको छ । यसप्रति हामीले सजग हुनुपर्छ । मुलुकको अर्थतन्त्रको आत्मनिर्भरताको लागि तुलनात्मक लाभका क्षेत्रमा लगानी गर्नुपर्छ । बैंकहरूलाई दिगो र क्षमतावान बनाउन राष्ट्र बैंकले मर्जर नीति ल्याएको छ । यसबीचमा थुपै्र बैंकहरु मर्ज भईसकेका छन्  । बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय अवस्था सदृढिकरणका लागि त्यो नीति अर्थपूर्ण सावित भईसकेको छ । (एक सार्वजनिक कार्यक्रममा डा. नेपालले दिएको मन्तव्यमा आधारित )