Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

जनरल इन्स्योरेन्सको चौथो साधारण सभाः हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

२०७९ असार १ गते

बैंकिङ खबर/ जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारण सभा अमृतभोग, कालिकास्थान मा सम्पन्न भएको छ । सभामा संचालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयाल द्वारा पेश भएको आर्थिक बर्ष २०७७÷७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित भएको छ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन आर्थिक बर्ष सहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसुचि माथि छलफल गरी पारित भएको छ ।

उक्त सभाले बीमा समितिको स्वीकृति लिई चुक्तापुँजीको ३० प्रतिशत अर्थात् १ः०.३ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । यसबाहेक कम्पनीको अधिकृत पुँजी, चुक्तापुँजी र जारी पुँजी बृद्धि गर्ने सम्बन्धमा प्रस्ताव समेत सोही सभाबाट पारित भएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८-७९ को लेखापरिक्षण समितिको सिफारिस लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा पारित गर्दै सभा सम्पन्न भएको हो । साथै उक्त साधारण सभाको सुअवसरमा बीमा सेवा सबैको हातहातका भन्ने उद्देश्य सहित जिआइसि नेपाल नामक एप संचालनमा ल्याएको छ ।