Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वाणिज्य बैंकहरुको निक्षेप रु. २३ अर्बले बढ्यो

२०७९ जेष्ठ ३१ गते

बैंकिङ खबर/ जेठ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले बढेको हो।

गत वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो। जेठ २७ गतेसम्म निक्षेप बढेर ४३ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ। एनबीएका अनुसार जेठको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले, दोस्रो साता ६ अर्ब रुपैयाँले, तेस्रो साता ७ अर्ब रुपैयाँले र चौथो साता ३ अर्ब रुपैयाँले बढेको छ।

यसैगरी जेठ महिना लागेयता वाणिज्य बैंकहरुको कर्जा लगानी भने ३ अर्ब रुपैयाँले मात्रै बढेको छ। गत वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९१ अर्ब रुपैयाँ थियो। जेठ २७ गतेसम्म कुल कर्जा लगानी बढेर ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। जेठ २७ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ९०.२२ प्रतिशत रहेको छ।

 

Ad