
बैंकिङ खबर/ चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २७ वाणिज्य बैंकको नाफा ५८ अर्ब ३३ करोड ७९ लाख रुपैयाँ रहेको छ । सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमइ बैंक र एनआइसी एसिया बैंक रहेको छ । दुवैको नाफा चार अर्बभन्दा माथि रहेको छ ।
ग्लोबल आइएमइ बैंकले ४ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने एनआइसी एसियाले ४ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ ।
नबिल बैंक तेस्रोमा छ । नबिलले ३ अर्ब ८२ करोड रुपैयाँ नाफा गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ४६ करोड र प्राइम बैंकले ३ अर्ब १५ करोड नाफा गरेको छ । बाँकी बैंकको नाफा तीन अर्बभन्दा तल छ । सिभिल बैंकको नाफा १ अर्ब ५ करोड रहेको छ । लक्ष्मी बैंकको नाफा ९२ करोड ८७ लाख रहेको छ ।
हेर्नुहोस् कुनको कति ?
ग्लोबल आइएमइ बैंक 4,310,771.73
एनआइसी एसिया बैंक 4,113,132.25
सिटिजन्स बैंक इन्टरनेशनल 1,798,444.06
सानिमा बैंक 1,793,561.99
नबिल बैंक 3,826,229.05
नेपाल क्रेडिट एण्ड कमर्स 1,730,826.57
राष्ट्रिय बाणिज्य बैंक 3,464,270.54
माछापुच्छ्रे बैंक 1,688,542.61
प्राइम कमर्सियल बैंक 3,157,175.30
हिमालयन बैंक 1,678,836.47
एनएमबि बैंक 2,974,107.98
सनराइज बैंक 1,502,673.36
नेपाल इन्भेष्टमेन्ट बैंक 2,844,985.07
प्रभु बैंक 1,490,390.72
नेपाल बैंक 2,562,667.56
नेपाल एसबिआइ बैंक 1,408,191.35
सिद्धार्थ बैंक 2,440,491.00
नेपाल बंगलादेश बैंक 1,248,624.48
मेगा बैंक 2,286,591.64
सेञ्चुरी कमर्सियल बैंक 1,150,247.46
कुमारी बैंक 2,083,811.13
बैंक अफ काठमाण्डू 1,052,060.95
कृषि विकास बैंक 2,028,554.56
सिभिल बैंक 1,051,471.27
एभरेष्ट बैंक 1,902,048.23
लक्ष्मी बैंक 928,785.72
स्ट्यान्डर्ड चार्टर्ड बैंक 1,820,428.54