
बैंकिङ खबर/ फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.द्वारा आफ्ना साझेदार ऋणी लघुवित्त-सहकारी संस्थाका शाखा प्रमुखस“गको एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लघुवित्ततथा सहकारी संस्थाको शाखा-सेवा केन्द्रमा रहेर कर्जा लगानीतथा असुलीको कार्य गरिरहेका शाखा-सेवा केन्द्र प्रमुखहरुको अनुभव एक आपसमाआदानप्रदान गराउने उद्देश्यका साथ उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।
यहि जेठ २५ गते बाँकेको नेपालगञ्मा सम्पन्न उक्त कार्यक्रममा सुदुर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेश अन्तर्गतका लघुवित्त/सहकारी संस्थाका २८ जना शाखा÷सेवा केन्द प्रमुखहरुको सहभागिता रहेको थियो ।





