
बैंकिङ खबर/ अर्थमन्त्री जनादर्न शर्माले सेयर बजारमा मौद्रिक नीतिका सम्बन्धमा केही गुनासो रहेको भन्दै त्यसलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उहाँले मौद्रिक नीतिको बारेमा केही गुनासो समस्या रहेको भन्दै त्यसलाई यथोचित सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले मार्जिन ल्यान्डिङको लागि आवश्यक व्यवस्था गर्नुपर्ने भन्दै मार्जिन ल्यान्डिङको व्यवस्था गर्न निर्देशन दिनुभयो ।