Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल बैंकको वित्तीय साक्षरता पुस्तिका सार्वजनिक

२०७९ जेष्ठ २४ गते

बैंकिङ खबर/ नेपाल बैंकले “आर्थिक समृद्घिका लागि वित्तीय साक्षरता” नामक वित्तीय साक्षरता पुस्तिका प्रकाशन गरी सार्वजनिक गरेको छ । मंगलबार प्रधान कार्यालय काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीचमा विमोचन गरिएको छ ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी,नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का, प्रधान कार्यालयका विभिन्न विभाग तथा डिभिजनका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । 

बैंकको मार्केटिङ्ग तथा रिसर्च डिभिजनले तयार गरेको सो पुस्तिका विमोचन समारोहमा बैंकका सम्पूर्ण प्रदेशका प्रमुख र शाखा प्रबन्धकहरुको समेत  भर्चुअल रुपमा उपस्थिति रहेको थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत  कृष्णबहादुर अधिकारीले सम्पूर्ण नेपालीहरुमा वित्तीय ज्ञान र चेतनाको स्तरमा अभिवृद्घि गर्न सो पुस्तिका उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

वित्तीय साक्षरता कार्यक्रमहरुको प्रभावकारीताबाट नै आर्थिक समृद्घि हुन सक्ने विचारसहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम वित्तीय साक्षरताका कार्यक्रमहरु अगाडि बढाइएको धारणा व्यक्त गर्नुभएको थियो ।

यस पुस्तिकाले वित्तीय साक्षरता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो । मार्केटिङ्ग तथा रिसर्च डिभिजन प्रमुख अर्जुनबहादुर कंडेलले वित्तीय साक्षरता वित्तीय समावेशिकरणको महत्वपूर्ण आयामको रुपमा रहेको उल्लेख गर्दै आगामी दिनमा सो पुस्तिकामा अझ सुधार र परिमार्जन गर्दै लैजाने प्रतिवद्घता व्यक्त  गर्नुभएको थियो । 

नेपालभर २१७ शाखा, १७९ एटिएमका साथै ४९ वटा एक्सटेन्सन काउन्टमार्फत् करिब २१ लाख ग्राहकलाई वित्तिय सेवा दिइरहेको बैंकको हाल ग्राहक सेवामा सुधार भएको छ। 

दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै नेपाल बैंक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको बैंकका प्रवक्ता तथा सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

 

Ad