Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०७९ जेष्ठ २२ गते

बैंकिङ खबर/ सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता सम्मान तथा बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । मूख्य मार्केटिङ बिभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाट अन्तर्गत चितवनको सौराहामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

साथै, लम्जुङ शाखा कार्यलयमा पनि उक्त खालको कार्यक्रम आयोजना गरिएको थियो । कम्पनीका महाप्रबन्धक कमलराज गौतमले जनमानसमा बीमाको महत्व, बीमा दाबि भुक्तानी लगाएतका महत्वपूर्ण विषयमा प्रशिक्षण दिनु भएकाे थियाे । साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो । देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्न गइरहेको छ ।