Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बजेट गोश्वारा भाषामा लेखिएको निबन्धजस्तोः पूर्व अर्थमन्त्री पौडेल

२०७९ जेष्ठ १७ गते

बैंकिङ खबर/ अर्थमन्त्री विष्णु पौडेलले देउवा सरकारकाले ल्याएको बजेट गोश्वारा भाषामा लेखिएको निबन्धजस्तो भएको भन्दै टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, ‘यो बजेट गोश्वारा भाषामा लेखिएको निबन्धजस्तो छ । कार्यक्रम र योजना व्यक्ति र समूह विशेषलाई हो कि भन्ने देखिन्छ ।’

अहिलेको विश्व संकटको समयमा कसरी ७ प्रतिशत मुद्रा स्फिती कायम राख्ने कुनै योजना नदेखिएको उहाँले टिप्पणी गर्नुभयो । कृषिलाई राष्ट्रिय उत्पादन बनाउने सपना बजेटले देखाएको तर कसरी भन्ने कुनै पनि योजना पेस गर्न नसकेको पनि उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘नेपालमा आयात हुने कृषि उपजहरूलाई रोक्ने र नेपाली उत्पादनलाई प्राथमिकता दिने नीति पनि स्पष्ट छैन ।’
सरकारले बजेटमा राखेको कोशी–कर्णाली जोड्ने, चतरा–सगरमाथा जोड्ने सडकको उदाहरण दिँदै सम्भव नहुने अचम्मको कार्यक्रम ल्याएको र यो आसन्न चुनावसम्म मात्र रहने सरकार भएकोले यो बजेट नारामा अल्मलिएको टिप्पणी गर्नुभयो ।

Ad