
बैंकिङ खबर/ नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिनुभएको छ ।
बजेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले स्वदेशी उत्पादन र उद्योग प्रवर्द्धन, पर्यटन पूर्वाधार विकासमा बजेटले राहात दिने बताउनुभयो ।
‘कृषि उत्पादन वृद्धि, स्वदेशी उत्पादन संरक्षण र उद्योग प्रवर्द्धन, पर्यटन पूर्वाधार विकासमा राम्रो बजेट आएको उहाँको भनाइ छ । निजी क्षेत्रको माग धेरै हदसम्म राम्रो भएको उहाँको भनाइ छ ।