Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु लाइफको सीइओमा प्रसाईं

२०७९ जेष्ठ १२ गते

बैंकिङ खबर/ प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत (सीइओ)मा सन्तोष प्रसाईं नियुक्त हुनुभएको छ । कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा प्रसाईंलाई नियुक्त गर्ने निर्णय गरी स्वीकृतिका लागि बीमा समिति पठाएको थियो ।

बीमा समितिको स्वीकृति पश्चात कम्पनी सञ्चालक समितिको जेठ ११ गते बसेको बैठकले प्रसाईंलाई सोही दिनदेखि लागू हुने गरी नियुक्त गरेको हो । यस अघि प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले राजीनामा दिनुभएको थियो ।