
बैंकिङ खबर/ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौं उपत्यकाकाविभिन्न स्थानमा बुधबार एकैदिन चार वटा नयाँ शाखा स्थापनागरी कारोबार शुभारम्भ गरेको छ ।
बैंकले टोखा न.पा. वडा नं. ६ टोखा रोडस्थित ग्रिनल्याण्डमा, नार्गाजुन न.पा. वडा नं.१ स्थित रानिवन चोकमा, का.म.पा. वडा नं. १३को रिङ्गरोडसितापाईला चोकमार का.म.पा. वडा नंं.९ पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यस सँगै नेपाल बैंकको शाखा संख्या २१७ पुगेको छ ।
बुधबारदेखि सञ्चालनमा आएका नयाँ शाखाहरुमध्ये ग्रिनल्याण्ड शाखाको नेपाल सरकारका सचिव एवं नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल तथा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले संयुक्त रुपमा समुद्घाटन गर्नुभयो । अन्य तिन शाखाहरुमा सफ्ट लञ्चसहित कारोवार सुरुवात गरिएको छ ।
ग्रीनल्याण्ड शाखाको समुद्घाटन समारोहमा मन्तव्य राख्दै टोखानगरपालिकाका मेयर प्रकाशअधिकारीले ग्रिनल्याण्डमा नेपाल बैंकको शाखा स्थापनाले नगरवासीलाई वित्तीय कारोवार गर्न अझ सहजबनाउने बताउनुभयो । उहाँले नेपाल बैंक नेपालकै पहिलो र विश्वासिलो बैंक भएको चर्चा गर्दै नगरवासीलाई यो बैंकसंग ढुक्कसँग कारोवार गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमकाप्रमुख अतिथि नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले ग्रिनल्याण्ड शाखाले यस आसपासकाजनतालाई बैंकिङ्ग कारोवार गर्न सहज तुल्याउने विश्वास ब्यक्त गर्दै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गैरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले वि.स. १९९४ मा स्थापित नेपालको पहिलो बैंकले देशका विभिन्न भूगोल र क्षेत्रमा आफुलाई उभ्याउँदै बैंकिङ्ग सेवा दिने क्रममा यस टोखानगरवासीको सेवाको लागि शाखा स्थापना गरिएको बताउनुभयो ।
उहाँले हालनेपाल बैंक आधुनिक प्रविधि र उच्चतम बैंकिङ्ग सेवा भावको साथ बौद्धिक यूवा जनशक्तिबाट गुणस्तरीय सेवाप्रवाहका साथ समयसँगै अगाडि बढिरहेको विषय राख्दै टोखा नगरबासीको विश्वास जित्न नेपाल बैंक सफल हुनेछ भन्ने बिश्वास एवं प्रतिबद्दता व्यक्त गर्नुभयो ।
कार्यक्रममा टोखानगरपालिकाका उपमेयर मुरारी तामाङ, टोखा ६ का वडा अध्यक्ष शान्ता पौडेल खनाल, नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेल र प्रकाशकुमार अधिकारी, वडा नं. ६ का वडा सदस्यहरु, व्यवसायीहरु, सेवाग्राहीहरु लगायतको उपस्थिति रहेको थियो ।
नेपाल बैंक लिमिटेडका नेपालभर २१७ शाखाहरु, १७९ एटिएम मेसिन साथै ४८ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाखग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हालग्राहक सेवामा व्यापक सुधार गरीआधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
विगतकेहि वर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवाप्रदान गरिरहेको छ ।
दक्ष व्यवस्थापन, यवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक यस नेपाल बैक प्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।
नेपाल बैंकले डिजिटल कारोवारलाई जोड दिएसंगै यस बैंकका डिजिटल सुविधाहरु प्रयोग गरि कारोवार गर्ने ग्राहकहरुको संख्यादिनप्रतिदिन बढिरहेको छ ।